Saturday 15 April 2017

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
बैशाख २ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत निकै लामो समय यता क्रियासिल चर्चित गायक चन्द्र शर्मा पछिलो समय धेरै श्रोता तथा दर्शकहरुको रोजाइमा परेका छन् । दाङ घर भई हाल काठमान्डौमा बसेर गित संगितमा जमिरहनु भएका शर्माले बजारमा ल्याएका मौलिक गितहरु दर्शकको रोजाइमा परेका हुन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्षसमेत रहनु भएका शर्माको चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, काचो सुरतिलगाएत दर्जनौं गीत चर्चीत मानिन्छन् । उनलाइ अहिले देश विदेशका विभिन्न कार्यक्रमहरुमा भ्याइ नभ्याइ रहेको छ ।

कलाकारलाइ राष्ट्रका गहना मात्रै होइन राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनले नयां वर्षसंगै सलल वग्यो गण्डकि बोलको लोक दोहोरी गित ल्याएका छन् । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत  नयां वर्षको अवसर पारि बजारमा ल्याइएको उनले जनाए । गीतलाई निकै रोमान्चक ढंगले गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा साथ दिएकी छिन् गायिका टिका पुनले ।

यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्शकहरुलाई मख्ख पार्ने काम गरेका छन् ।

शर्माले युटुवमार्फत सार्वजनिक गरेको भिडियोको निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले गरेका हुन् । शर्माले भने ,सबैले नयां वर्षको कोसेलि स्वरुप स्वीकारिदिनुहोला ।’

 ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)