Sunday 21 May 2017

New Nepali Song 2017/2074 | Curly Curly - Deepak Limbu | Ft.Mamata & Miraj

New Nepali Modern
MIRAJ KOIRALA
Video Song 2017/2074 "Curly Curly" by Deepak Limbu only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.

Curly Curly
Album – Manjari
Singer – Deepak Limbu
Lyrics – Raju Nepal
Music – Santosh Shrestha
Artists – Mamata & Miraj
Editor – Om Prasai
Camera – Mukesh Humagain
Director – Bikash Ghale Gurung

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Subscribe Music Nepal Channel Directly for unlimited Nepali entertainment
http://goo.gl/vuX6x5
Like us on Facebook
https://www.facebook.com/musicnepalpv...
Follow us on Twitter
https://twitter.com/@musicnepalMN
Circle us on G+
https://plus.google.com/+MusicNepalPv...
  • Category

  • Licence

    • Standard YouTube Licence

Saturday 15 April 2017

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
बैशाख २ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत निकै लामो समय यता क्रियासिल चर्चित गायक चन्द्र शर्मा पछिलो समय धेरै श्रोता तथा दर्शकहरुको रोजाइमा परेका छन् । दाङ घर भई हाल काठमान्डौमा बसेर गित संगितमा जमिरहनु भएका शर्माले बजारमा ल्याएका मौलिक गितहरु दर्शकको रोजाइमा परेका हुन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्षसमेत रहनु भएका शर्माको चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, काचो सुरतिलगाएत दर्जनौं गीत चर्चीत मानिन्छन् । उनलाइ अहिले देश विदेशका विभिन्न कार्यक्रमहरुमा भ्याइ नभ्याइ रहेको छ ।

कलाकारलाइ राष्ट्रका गहना मात्रै होइन राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनले नयां वर्षसंगै सलल वग्यो गण्डकि बोलको लोक दोहोरी गित ल्याएका छन् । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत  नयां वर्षको अवसर पारि बजारमा ल्याइएको उनले जनाए । गीतलाई निकै रोमान्चक ढंगले गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा साथ दिएकी छिन् गायिका टिका पुनले ।

यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्शकहरुलाई मख्ख पार्ने काम गरेका छन् ।

शर्माले युटुवमार्फत सार्वजनिक गरेको भिडियोको निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले गरेका हुन् । शर्माले भने ,सबैले नयां वर्षको कोसेलि स्वरुप स्वीकारिदिनुहोला ।’

 ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)

Thursday 16 March 2017

एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै

एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै  

काठमाडौं /नेपाली मोडल तथा कलाकार सीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छीन। अभिनयमा पोख्त सीतल एस अगी पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छीन। म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका  एम. ए. रहमान (M. A. Rahman) आफ्नै स्वर रहेको गीतमा सीतलको साथमा स्वम गायक रहमानले अभिनय गरेका छन।  

सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।

आर एस फिल्मस नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्रतिसत नेपालको बिभिन्न स्थानहरुमा र बाँकी १० प्रतिसत बाङ्लादेशमा   छायांकन गरिएको छ । सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियो तथा चलचित्रमा काम गरी सकेकी छिन् । भिडियो छिट्टै दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिएको छ।


face nepal

Tuesday 28 February 2017

अन्तरराष्ट्रिय म्युजिक भिडियो मा आर सि कोइरालाको निर्देशान

अन्तरराष्ट्रिय म्युजिक भिडियो मा  आर सि कोइरालाको निर्देशान

बाङ्लादेशका मसुर गायक तथा मोडेल एच. एम. राणा (HM RaNa) का साथ मोडेल तथा कलाकार सीतल आचार्य पहिलो पटक अन्तररा{ष्ट्रिय म्युजिक भिडियोमा देखिदै छिन्।  एच. एम. राणाको आफ्नै सुमधुर स्वोर भरियको गीतमा म्युजिक डाइरेक्टर तथा कम्पोजर भने बलिउडमा समेत  म्युजिक दिई सकेका एम ए रहमान  (M. A. Rahman) रहेका छन्, रहमानले आशिकी २ जस्ता हिन्दी फ्लिममा आफ्नो साङ्गतिक जादु    देखाइ सकेका छन।

सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने नेपाली चलचित्रमा पनि काम गरी सकेकी आचार्य एक पछी आर्को गर्दै केही दिनमै आर्को बङलादेशी म्युजिक भिडियोमा काम गर्दैछिन, सीतल मोडेल मात्रा नभई एक कुशल कलाकार पनि हुन।   

आर एस फिल्मसले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको सम्पूर्ण शूटिË नेपालको बिभिन्न स्थानहरु (नगरकोट, पोखरा र ठमेल लगाएत) मा खिचिएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गर्नु भएको छ। बिभिन्न म्युजिक भिडियो, फिल्म तथा डकुमेट्रीमा काम गरिसकेका आर सि कोइरालाको अन्तरराष्ट्रिय म्युजिक भिडियो निर्देशन भने यो नै पहिलो रहेको छ ।       

"सपना नि तिमी बिपनी नि तिमी 
तिमीनै जिबन तिमीनै मृत्यु"..........  सार भएको बङाली गीतको ब्यबस्थापनको निर्देशक सम्म रहेका शाउल बाबु (Sheul Babu) को छायाङ्कन रहेको यस् म्युजिक भिडियो दर्शक सामु चाडै आउँदै छ।

Friday 27 January 2017

बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।


बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।        


नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिदै, सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतिहरुको प्रतिभालाई उजागर गर्नका लागि बर्ष सुन्दरी २०१७ आयोजना हुने भएको छ. यो सुन्दरी प्रतियोगिताको क्षेत्रमा नै फरक सैलीको हुने आयोजक संस्था दाबी छ।  नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिने छ. बिगतका बर्षहरुमा ईन्डियामा मात्रा आयोजना हुने बर्ष सुन्दरी प्रतियोगिता गत बर्षबाट बाङ्लादेश र यो बर्षा बाट नेपालले पनि आयोजना गरिदै छ। प्रतियोगीताको आधिकारिक  पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । भारत तथा बाङ्लादेशको बिभिन्न शहरहरुमा यस प्रेतियोगितताको  ओडिसन तथा सेलेक्सन राउन्ड हुन्छ भने नेपालमा यो बर्ष काठमाडौंमा मात्र ओडिसन तथा सेलेक्सन राउन्ड हुनेछ। सेमीफाइनल तथा फाइनल राउन्ड भने भारत को कोल्कोतामा जुलाई २२ तारिक हुने छ।  आर एस फिल्मस तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाल ओडिसन तथा सेलेक्सन राउन्ड आयोजना गर्दै छ।
सेमीफाइनल तथा फाइनल राउन्ड भने एभरेष्ट नेपाल कल्चरल ग्रुप-नेपाल, आर एस फिल्मस-नेपाल, फ्याब कमुनिकेसन-बाङ्लादेशग, क्रीयटिभ वोर्ल्ड-इन्डिया तथा इन्टरन्यासनल कल्चरल फोरम अमेरिकाको संयुक्त आयोजनामा कोल्कोताको भारतमा हुनेछ।  प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । +२ अध्ययन गर्दै गरेका वा सो सरह भन्दा माथि शैक्षिक योग्यता भएका १७ बर्ष देखी ३० बर्ष सम्मका प्रतियोगी हरुले भागलिन पाउने यस प्रतियोगिताको आबेदन फारम यही फेब्रुवरी १ बाट बितरण गरिने जानकारी एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष श्री रामचन्द्र कोइरालाले जानकारी दिनु भो।

अप्रिल २९-३० मा ओडिसन राउन्ड, काठमाडौंमा 
मे ०७-०९ मा सेलेक्सन राउन्ड, काठमाडौं
जुलाई १३-२१ पूर्ण तयारी सेसन, कोल्कोता भारत
जुलाई २२ शनिबार, सेमिफाइनल तथा फाइनल राउन्ड, कोल्कोता भारत



एभरेष्ट नेपाल कल्चरल ग्रुप 
लाजिम्पाट, ०१४४२१९९