Showing posts with label entertainment. Show all posts
Showing posts with label entertainment. Show all posts
Friday, 16 March 2018
Thursday, 15 March 2018
भब्यताका साथ सम्पन नवौं अन्तर्राष्ट्रिय ‘लोक सांस्कृतिक मेला’ ! ११ देशको कला र सस्कृति
भब्यताका साथ सम्पन नवौं अन्तर्राष्ट्रिय ‘लोक सांस्कृतिक मेला’ ! ११ देशको कला र सस्कृति
काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को आयोजनामा गत फागुन १७ देखि सुरु भएको ‘नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४’ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ ।
‘पर्यटक कलाकारको स्वागत संत्कार ! नेपाली लोक संस्कृतिको आधार’ नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्र्ने मूल उदेश्यले आयोजना गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ का संयोजक आर सि कोइराला (ले बताउनु भयो ।यस पटकको महोत्सव नेपालको बिभिन्न शहरअहरुमा आयोजना भएको थियोस् जस्तै काठमाण्डु, ललितपुर, धादिङ्ग गैंडाकोट र पोखराजस्ता पर्यटकीय क्षेत्रमा नेपाल, इस्टोनिया, कोस्टारिका इन्डोनेसिया, बङगलादेश, भारत, इजरायल, मलेशिय, टर्की, इटली र ग्रिस गरी एघार राष्ट्रका विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिएका थिए ।
उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई लोक नृत्य, संगित, लोक गीत र पदयात्रासमेत गरेका थिए ।ऐतिहासिक तथा विश्वसम्पदा सुचिमा सूचिकृत हनुमानढोकाजस्ता पर्यटकीय दरबार क्षत्रमा कार्यक्रम गर्न पाउदा ११ देशका कलाकारहरु अचम्मित परेका थिए। । यस मेला हरेक दुई–दुई बर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृती आदान–प्रदान गरिसकेको जानकारी कोइरालाले गरए।
स्थापनाकाल देखि नै यस संस्थाले नेपालको सांस्कृतीक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने काम गर्दै आएको छ । नेपालले आफूलाई विश्व समुदायमा प्रस्तुत गर्न थालेको केही दशकमात्र भएपनि यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई समेत टेवा पुरर्याउने रायमाझीले भनाइ छ । यद्यपी, नेपालको यी अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र यस स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको कोइरालाले बताए ।
Sunday, 11 February 2018
नेपाल मा अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना हुदै
आइतबार काठमाडौँको पर्यटक बोड र्स्थित ‘एभेरेष्ट नेपाल कल्चर ग्रुप’ले पत्रकार सम्मेलन गरि २०७४ साल फाल्गुन १७ देखि फाल्गुन २६ सम्म नवौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
एभेरेष्ट नेपाल कल्चर ग्रुपले नेपाली लोक सस्कृतिक संरक्षण तथा सम्बधन गर्ने उदेश्ले आफ्नो मौलिक लोक सस्कृत झल्कने कार्यक्रम विभिन्न देश विदेशमा गर्दै आएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार , नेपाली लोक सस्कृति आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तराष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गरेको थियो । त्यस पश्यात प्रत्यक २/२ वर्षको अन्तरालमा यो मेला आयोजना गर्दै आएको छ ।
यप पटकको महोत्सव काठमाडौँ , ललितपुर ,गैडाकोट , पोखरा जस्तो पर्यटकीय क्षेत्रमा गर्न लागिएको र यसबाट देशको विविध सकृतिक , पुरातत्विक र अन्य पर्यटकिय र्स्थलको मात्र नभई सम्पुर्ण नेपालकै विश्वसामु प्रचार -प्रसार हुने एभेरेष्ट नेपाल कल्चर ग्रुपले जनाएको छ ।
Sunday, 21 May 2017
New Nepali Song 2017/2074 | Curly Curly - Deepak Limbu | Ft.Mamata & Miraj
New Nepali Modern
MIRAJ KOIRALA
|
Video Song 2017/2074 "Curly Curly" by Deepak Limbu only on Music Nepal official YouTube channel.
!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Curly Curly
Album – Manjari
Singer – Deepak Limbu
Lyrics – Raju Nepal
Music – Santosh Shrestha
Artists – Mamata & Miraj
Editor – Om Prasai
Camera – Mukesh Humagain
Director – Bikash Ghale Gurung
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Music Nepal Channel Directly for unlimited Nepali entertainment
http://goo.gl/vuX6x5
Like us on Facebook
https://www.facebook.com/musicnepalpv...
Follow us on Twitter
https://twitter.com/@musicnepalMN
Circle us on G+
https://plus.google.com/+MusicNepalPv...
Category
Licence
- Standard YouTube Licence
Saturday, 15 April 2017
लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
बैशाख २ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत निकै लामो समय यता क्रियासिल चर्चित गायक चन्द्र शर्मा पछिलो समय धेरै श्रोता तथा दर्शकहरुको रोजाइमा परेका छन् । दाङ घर भई हाल काठमान्डौमा बसेर गित संगितमा जमिरहनु भएका शर्माले बजारमा ल्याएका मौलिक गितहरु दर्शकको रोजाइमा परेका हुन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्षसमेत रहनु भएका शर्माको चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, काचो सुरतिलगाएत दर्जनौं गीत चर्चीत मानिन्छन् । उनलाइ अहिले देश विदेशका विभिन्न कार्यक्रमहरुमा भ्याइ नभ्याइ रहेको छ ।
कलाकारलाइ राष्ट्रका गहना मात्रै होइन राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनले नयां वर्षसंगै सलल वग्यो गण्डकि बोलको लोक दोहोरी गित ल्याएका छन् । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत नयां वर्षको अवसर पारि बजारमा ल्याइएको उनले जनाए । गीतलाई निकै रोमान्चक ढंगले गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा साथ दिएकी छिन् गायिका टिका पुनले ।
यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्शकहरुलाई मख्ख पार्ने काम गरेका छन् ।
शर्माले युटुवमार्फत सार्वजनिक गरेको भिडियोको निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले गरेका हुन् । शर्माले भने ,सबैले नयां वर्षको कोसेलि स्वरुप स्वीकारिदिनुहोला ।’
‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
बैशाख २ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत निकै लामो समय यता क्रियासिल चर्चित गायक चन्द्र शर्मा पछिलो समय धेरै श्रोता तथा दर्शकहरुको रोजाइमा परेका छन् । दाङ घर भई हाल काठमान्डौमा बसेर गित संगितमा जमिरहनु भएका शर्माले बजारमा ल्याएका मौलिक गितहरु दर्शकको रोजाइमा परेका हुन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्षसमेत रहनु भएका शर्माको चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, काचो सुरतिलगाएत दर्जनौं गीत चर्चीत मानिन्छन् । उनलाइ अहिले देश विदेशका विभिन्न कार्यक्रमहरुमा भ्याइ नभ्याइ रहेको छ ।
कलाकारलाइ राष्ट्रका गहना मात्रै होइन राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनले नयां वर्षसंगै सलल वग्यो गण्डकि बोलको लोक दोहोरी गित ल्याएका छन् । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत नयां वर्षको अवसर पारि बजारमा ल्याइएको उनले जनाए । गीतलाई निकै रोमान्चक ढंगले गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा साथ दिएकी छिन् गायिका टिका पुनले ।
यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्शकहरुलाई मख्ख पार्ने काम गरेका छन् ।
शर्माले युटुवमार्फत सार्वजनिक गरेको भिडियोको निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले गरेका हुन् । शर्माले भने ,सबैले नयां वर्षको कोसेलि स्वरुप स्वीकारिदिनुहोला ।’
Thursday, 16 March 2017
एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै
एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै
काठमाडौं /नेपाली मोडल तथा कलाकार सीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छीन। अभिनयमा पोख्त सीतल एस अगी पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छीन। म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका एम. ए. रहमान (M. A. Rahman) आफ्नै स्वर रहेको गीतमा सीतलको साथमा स्वम गायक रहमानले अभिनय गरेका छन।
सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।
आर एस फिल्मस नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्रतिसत नेपालको बिभिन्न स्थानहरुमा र बाँकी १० प्रतिसत बाङ्लादेशमा छायांकन गरिएको छ । सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियो तथा चलचित्रमा काम गरी सकेकी छिन् । भिडियो छिट्टै दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिएको छ।
face nepal
Tuesday, 28 February 2017
अन्तरराष्ट्रिय म्युजिक भिडियो मा आर सि कोइरालाको निर्देशान
अन्तरराष्ट्रिय म्युजिक भिडियो मा आर सि कोइरालाको निर्देशान
बाङ्लादेशका मसुर गायक तथा मोडेल एच. एम. राणा (HM RaNa) का साथ मोडेल तथा कलाकार सीतल आचार्य पहिलो पटक अन्तररा{ष्ट्रिय म्युजिक भिडियोमा देखिदै छिन्। एच. एम. राणाको आफ्नै सुमधुर स्वोर भरियको गीतमा म्युजिक डाइरेक्टर तथा कम्पोजर भने बलिउडमा समेत म्युजिक दिई सकेका एम ए रहमान (M. A. Rahman) रहेका छन्, रहमानले आशिकी २ जस्ता हिन्दी फ्लिममा आफ्नो साङ्गतिक जादु देखाइ सकेका छन।
सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने नेपाली चलचित्रमा पनि काम गरी सकेकी आचार्य एक पछी आर्को गर्दै केही दिनमै आर्को बङलादेशी म्युजिक भिडियोमा काम गर्दैछिन, सीतल मोडेल मात्रा नभई एक कुशल कलाकार पनि हुन।
आर एस फिल्मसले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको सम्पूर्ण शूटिË नेपालको बिभिन्न स्थानहरु (नगरकोट, पोखरा र ठमेल लगाएत) मा खिचिएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गर्नु भएको छ। बिभिन्न म्युजिक भिडियो, फिल्म तथा डकुमेट्रीमा काम गरिसकेका आर सि कोइरालाको अन्तरराष्ट्रिय म्युजिक भिडियो निर्देशन भने यो नै पहिलो रहेको छ ।
"सपना नि तिमी बिपनी नि तिमी
तिमीनै जिबन तिमीनै मृत्यु".......... सार भएको बङाली गीतको ब्यबस्थापनको निर्देशक सम्म रहेका शाउल बाबु (Sheul Babu) को छायाङ्कन रहेको यस् म्युजिक भिडियो दर्शक सामु चाडै आउँदै छ।
Friday, 27 January 2017
बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।
बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।
नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिदै, सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतिहरुको प्रतिभालाई उजागर गर्नका लागि बर्ष सुन्दरी २०१७ आयोजना हुने भएको छ. यो सुन्दरी प्रतियोगिताको क्षेत्रमा नै फरक सैलीको हुने आयोजक संस्था दाबी छ। नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिने छ. बिगतका बर्षहरुमा ईन्डियामा मात्रा आयोजना हुने बर्ष सुन्दरी प्रतियोगिता गत बर्षबाट बाङ्लादेश र यो बर्षा बाट नेपालले पनि आयोजना गरिदै छ। प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । भारत तथा बाङ्लादेशको बिभिन्न शहरहरुमा यस प्रेतियोगितताको ओडिसन तथा सेलेक्सन राउन्ड हुन्छ भने नेपालमा यो बर्ष काठमाडौंमा मात्र ओडिसन तथा सेलेक्सन राउन्ड हुनेछ। सेमीफाइनल तथा फाइनल राउन्ड भने भारत को कोल्कोतामा जुलाई २२ तारिक हुने छ। आर एस फिल्मस तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाल ओडिसन तथा सेलेक्सन राउन्ड आयोजना गर्दै छ।
सेमीफाइनल तथा फाइनल राउन्ड भने एभरेष्ट नेपाल कल्चरल ग्रुप-नेपाल, आर एस फिल्मस-नेपाल, फ्याब कमुनिकेसन-बाङ्लादेशग, क्रीयटिभ वोर्ल्ड-इन्डिया तथा इन्टरन्यासनल कल्चरल फोरम अमेरिकाको संयुक्त आयोजनामा कोल्कोताको भारतमा हुनेछ। प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । +२ अध्ययन गर्दै गरेका वा सो सरह भन्दा माथि शैक्षिक योग्यता भएका १७ बर्ष देखी ३० बर्ष सम्मका प्रतियोगी हरुले भागलिन पाउने यस प्रतियोगिताको आबेदन फारम यही फेब्रुवरी १ बाट बितरण गरिने जानकारी एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष श्री रामचन्द्र कोइरालाले जानकारी दिनु भो।
अप्रिल २९-३० मा ओडिसन राउन्ड, काठमाडौंमा
मे ०७-०९ मा सेलेक्सन राउन्ड, काठमाडौं
जुलाई १३-२१ पूर्ण तयारी सेसन, कोल्कोता भारत
जुलाई २२ शनिबार, सेमिफाइनल तथा फाइनल राउन्ड, कोल्कोता भारत
एभरेष्ट नेपाल कल्चरल ग्रुप
लाजिम्पाट, ०१४४२१९९
Tuesday, 24 May 2016
पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !
लिस्बन, गैर-आबासीय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको महजात्रा-२०१६ भब्य रुपमा सम्पन्न भएको छ | एनआरएन पोर्चुगलको प्रमुख आयोजना तथा नेपाली बाणिज्य दुताबास र जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब १००० दर्शकहरुको उपस्थिति रहेको थियो | लिस्बनका लागि अबैतनिक बाणिज्य दूत मकर बहादुर हमाल, आयोजक संस्था एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल र जुन्ता फर्गेसिया दा आरोईसका प्रतिनिधि डा.एरिनाले पानसमा दीप प्रजोलन गरि संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रम पोर्चुगलमा अहिले सम्म कै उत्कृष्ट, भब्य र यति धेरै दर्शक उर्लिएको पहिलो कार्यक्रम हो |
एनआरएन केन्द्रिय महिला बिभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरि बंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यको संयुक्त प्रस्तुति रहेको बिशेष मनोरन्जनात्मक कार्यक्रम महजात्राको आयोजना राजधानी लिस्बनमा एनआरएन पोर्चुगलले गरेको थियो ।
सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ ।
सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ ।
नेपालका राष्ट्रिय कलाकारहरुले भरपुर मनोरंजन दिएको उक्त कार्यक्रममा स्पेन बाट पनि दर्शकहरु आएका थिए| कार्यक्रममा दुवै मिर्गौला फेल भएका सुब्रत रिमालका निम्ति एनआरएन पोर्चुगलको रिमाल बचाउ अभियान अन्तर्गत १२०९ यूरो र २० पाउण्ड सहयोग पनि संकलन भएको थियो भने कार्यक्रमको अन्त्यमा कलाकारहरु संग फोटो खिच्नेहरुको ओइरो नै लागेको थियो |
Tuesday, 17 May 2016
कुन अवसरमा कस्तो साडी ? कसरी छनोट गर्ने ?
महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ । नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो । समय र अवस्थाअनुसार साडीको स्वरूप एवं शैलीमा परिवर्तन हुँदै आएको छ । बार्ह हाते लामो साडीदेखि रेडिमेड साडीको शैलीसम्म आइपुग्दा साडीको स्वरूपमा निकै परिवर्तन देखा परेको छ ।
कसरी छनोट गर्ने ?
–युवतीहरूले साडी लगाउन झन्झट महसुस गर्छन् तसर्थ युवतीहरूका लागि सिफन, जर्जेट, नेटजस्ता फेब्रिकका हलुका साडी उपयुक्त हुन्छन् ।
–युवतीहरूले ब्राइट, पिंक, ग्रीन, एलो आदि क्यान्डी कलर छनोट गर्नुपर्छ ।
–युवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन् । साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ ।
–हेभी वर्क भएको वा प्रिन्टेड साडी लगाउँदा परिपक्व देखिने भएकाले युवतीहरूका लागि त्यति उपयुक्त मानिँदैनन् ।
–हेभी ज्वेलरीको साटो डेलिकेट ज्वेलरी लगाउनुपर्छ ।
कुन अवसरमा कस्तो साडी ?
–ककटेल पार्टीमा जानु छ भने गाउन साडी उपयुक्त हुन्छ ।
–साथीको इंगेजमेन्ट पार्टीमा जानु छ भने सेक्सी लुकका लागि सिफनको साडीका साथमा बस्टियर लगाउनुपर्छ ।
–फर्मल वा कर्पोरेट मिटिङका लागि साडीका साथमा ज्याकेट वा बेल्ट सुहाउँदो हुन्छ ।
शरीर मोटो भएकाहरूका लागि
–मोटो शरीर भएका महिलाहरूले त्यस्तो साडी छनोट गर्नुपर्छ जसमा मोटोपन लुक्न सक्छ ।
–पारदर्शी साडीबाट जोगिनुपर्छ ।
–सिफन, जर्जेट तथा सिल्कको लाइट वेट साडी लगाउँदा स्लिम देखिन सकिन्छ ।
–धेरै हाइ वा लो नेक ब्लाउजबाट जोगिनुपर्छ, यसबाट अपर बडी हेभी देखिन्छ । ब्लाउजको नेक सात इन्च हुनुपर्छ ।
–साडी नाभीभन्दा धेरै मुनि लगाउनु हुँदैन, साडी थोरै माथि लगाउँदा पेट ठूलो देखिँदैन ।
–स्लिभलेस ब्लाउज लगाउँदा अझ बढी मोटो देखिने हुनाले त्यस्ता पहिरन छनोट गर्नु हुँदैन बरु केप स्लिभ प्रयोग गर्न सकिन्छ ।
–स्टार्च वा मोटो फेब्रिकको साडी लगाउनु हुँदैन ।
–ठूल्ठूला प्रिन्ट्स र हेभी इम्ब्रोइडरीयुक्त साडी पनि उपयुक्त मानिँदैन ।
परिपक्व महिलाले कस्तो साडी लगाउने ?
–४० वर्षपछि साडी छनोट गर्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ । यो उमेरमा धेरै एक्सपेरिमेन्ट गर्नु हुँदैन । –विवाह जस्तो विशेष अवसरमा बनारसी, चँदरीजस्ता एलिगेन्ट साडी लगाउनुपर्छ ।
–साधारण ब्लाउज लगाउनुपर्छ ।
–हेभी वा चंकी ज्वेलरीबाट जोगिनुपर्छ । डेलिकेट तथा क्लासी ज्वेलरी लगाउनुपर्छ ।
उचाइ कम छ भने
–उचाइ कम भएका महिलाहरूले सार्प कन्ट्रास्टबाट जोगिनुपर्छ । जस्तै रेडका साथमा ग्रीनको कम्बिनेसनको साटो रेडका साथमा पिंकको कम्बिनेसन उत्तम हुन्छ । टोन अन टोन सेड छनोट गर्दा अग्लो देखिन सकिन्छ, तर कन्ट्रास्ट कलर छनोट गर्दा उचाइ कम देखिन्छ ।
–ठूलो र बोल्ड प्रिन्ट लगाउनु हुँदैन । यसबाट उचाइ कम देखिन्छ । सानो र डेलिकेट प्रिन्ट्स उत्तम हुन्छ ।
–यसैगरी हेभी इम्ब्रोइडरी र मोटो फेब्रिक भएको साडीबाट जोगिनुपर्छ ।
–उचाइ कम छ र मोटाइ बढी छ भने डार्क कलरको साडी लगाउनुपर्छ ।
–चौडा बोर्डर भएको साडी लगाउनु हुँदैन । २–३ इन्चको बोर्डर पर्याप्त हुन्छ । अफिसका लागि
–जर्जेट, सिफन तथा सिल्कका प्रिन्टेड साडी लगाउन सकिन्छ । यस्ता साडीका साथमा पर्ल र डायमन्डको ज्वेलरी क्यारी गर्न सकिन्छ ।
–अफिसमा पिंक, पिच, एक्वा, ओलिभ ग्रीनजस्ता सफ्ट र फ्रेस रंगका साडी लगाउनुपर्छ ।
–अफिसमा धेरै इम्बेलिस्ड साडी लगाउनु ठीक हुँदैन ।
–मिटिङ वा प्रेजेन्टेसनमा साडीका साथमा ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ ।
न्यु साडी ट्रेन्डस्
–रेडी टु वेयर साडी
–लेहेंगा साडी
–गाउन साडी
–धोती साडी
–साडी विद बेल्ट
–साडी विद व्याकेट
–साडी विद ट्राउजरयुवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन् । साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ ।
नारी
रोजिन शाक्य
Saturday, 14 May 2016
TIMI NAI HAU By Shyam Shwet Rasaili | Nepali Adhunik/Classical Song | Rema Films
TIMI NAI HAU By Shyam Shwet Rasaili | New Nepali Adhunik/Classical Song 2016/2072 | Rema FilmsWatch the New Modern Video Song "TIMI NAI HAU' by Shyam Shwet Rasaili only on Music Nepal official YouTube channel.
!!!!...Unauthorised downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Right for this video is provided by Rema Films Pvt.Ltd.
TIMI NAI HAU
Singer: Shyam Shwet Rasaili
Lyrics: Kshitij
Music/Arranger: B.B Anuragi
Model: Miraj Koirala/Seetal Acharya
Director: Gamvir Bista
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
One Leg dancer ,Power To succeed,
![]() |
| NeelamDhungana |
![]() |
| Neelam Dhunga |
![]() |
| Neelam Dhungana |
The same happened with Neelam when she was just on the edge of her youth. An ambitious dream of being a famous actor, a blissful teenager, thousand youthful aspirations and most of all the best diversion of her life; dancing were all shattered in a road mishap made by a careful driver when she was rightfully walking on her own lane holding the hands of her best buddy. In the tragedy she not only had to lose her friend forever but she even had to mislay all her dreams and lead her remaining life as an amputee with only one leg. When she remembers the very day she says, "I learnt that my leg was amputated only a day after. Though my family members were around me giving me hope, but in private I used to admit the misery and shed tears for the misfortune of not being able to dance any more.
![]() |
| Neelam Dhungana |
We often assume that people with disabilities are unhappy. But in fact we're wrong. Surveys reveal people with disabilities consistently report a quality life as good as, or sometimes even better than that of non-disabled people. Human flourishing is possible even if you lack a major sense like sight, ability to walk, or being physically dependent on others. Sometimes, disabled are driven to greater achievements than before. So that if we presuppose that physical difficulties for people result in pain for them, then we are wrong. What is more important here is the social blockade rather than the physical impairment itself. It's true that in general, disabled people usually have fewer choices than non-disabled people.
![]() |
| Neelam Dhungana |
Most societies still have limited accessibility for them, which have certainly created some problem for them. Otherwise, special people like Neelam are much better than mentally jammed people of our society. . Apart from that, there are some examples like Neelam whose transformative life stories teach us an important lesson that human beings are capable of adapting to almost any situation and can march on to triumph. overcoming all the misfortunes. Neelam, even after such misfortune still awesome performing.
![]() |
| Neelam Dhungana |
Thursday, 12 May 2016
8th International Folk Festival 2016-Nepal.....
आठौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको संस्कृतिलाई विश्वसामु फैलाउने र विश्वको कला संस्कृतिलाई नेपालमा प्रदर्शन गरेर एकआपसमा हातेमालो गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलामा विभिन्न देशका विभिन्न मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो ।
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुखे उदेश्यले गत फाल्गुन १९ गते देखि फाल्गुन २८ गते सम्म आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७२ सकिएको छ ।लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेला नेपाल लगायत विभिन्न ७ देशका कलासंस्कृति झल्काउँदै समापन गरिएको हो ।
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
काठमाण्डौं, काभे्रपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ्ग र पोखरा जस्ता पर्यटकिय तथा ऐतिहासीक क्षेत्रमा सात देशका कलाकारहरुले आ–आफ्नो देशका कला संस्कृति प्रस्तुत गरेका थिए । महा भुकम्पबाट क्षति पुगेको ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध हनुमानढोका जस्ता पर्यटकीय दरबार क्षेत्रमा यस पटक भने यस्ता लोक संस्कृति कार्यक्रम भने आयोजना गर्न सकिएन तर पनि पर्यटकयहरुले अवलोकन भने गरेका थिए ।
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
हरेक दुई दुई बर्षमा आयोजना गरिने यो मेलामा इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बङगलादेश, भारत (गुजरात), भारत (पंजाब) र नेपाल सहित विश्वका ७ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका कलाकारहरुले भाग लिएका थिए ।
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| Add captionआठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२n |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
| आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal...... |
Subscribe to:
Posts (Atom)


































