Tuesday 24 May 2016

पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !

पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !

लिस्बन, गैर-आबासीय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको महजात्रा-२०१६  भब्य रुपमा सम्पन्न भएको छ | एनआरएन पोर्चुगलको प्रमुख आयोजना तथा नेपाली बाणिज्य दुताबास र जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब १००० दर्शकहरुको उपस्थिति रहेको थियो | लिस्बनका लागि अबैतनिक बाणिज्य दूत मकर बहादुर हमाल, आयोजक संस्था एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल र जुन्ता फर्गेसिया दा आरोईसका प्रतिनिधि डा.एरिनाले पानसमा दीप प्रजोलन गरि संयुक्त  रुपमा उद्घाटन गरेको उक्त कार्यक्रम पोर्चुगलमा अहिले सम्म कै उत्कृष्ट, भब्य र यति धेरै दर्शक उर्लिएको पहिलो कार्यक्रम हो |

एनआरएन केन्द्रिय महिला बिभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरि बंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यको संयुक्त प्रस्तुति रहेको  बिशेष  मनोरन्जनात्मक कार्यक्रम महजात्राको आयोजना राजधानी लिस्बनमा एनआरएन पोर्चुगलले गरेको थियो ।


 सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ ।
आयोजक संस्था एनआरएन पोर्चुगलले कार्यक्रमलाई निकै मेहनतका साथ मर्यादित तथा अनुशासित बनाएका थिए | जुन्ता फर्गेसिया दा आरोइस लिडिल आन्जुस नजिकको हलमा आयोजित उक्त कार्यक्रम गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलको अध्यक्षमा सम्पन्न भएको थियो | लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल प्रमुख अतिथि, जुन्ता फर्गेसिया दा आरोइसका प्रतिनिधि डा. एरिना, एनआरएन आइसीसी महिला उप-संयोजक रजनी प्रधान बिशेष अतिथि र आइसिसि सदस्य रमेश कुमार गुरुङ लगायत विभिन्न संघ संस्था र समाजसेबी तथा ब्यबसाहीहरु अतिथिका रुपमा थिए | 

नेपालका राष्ट्रिय कलाकारहरुले भरपुर मनोरंजन दिएको उक्त कार्यक्रममा स्पेन बाट पनि दर्शकहरु आएका थिए| कार्यक्रममा दुवै मिर्गौला फेल भएका सुब्रत रिमालका निम्ति एनआरएन पोर्चुगलको रिमाल बचाउ अभियान अन्तर्गत १२०९ यूरो र २० पाउण्ड सहयोग  पनि संकलन भएको थियो भने कार्यक्रमको अन्त्यमा कलाकारहरु संग फोटो खिच्नेहरुको ओइरो नै लागेको थियो |

No comments:

Post a Comment