Tuesday 17 May 2016

२५६० औ बुद्ध जयन्ती को अवसर पारेर २१ मे २०१६ को दिन पोर्चुगल को राजधानी लिस्वनमा बृहत शोभा यात्रा को आयोजना गरिने भएको छ ।

बुद्ध जयन्ती को शोभा यात्रामा सहभागी बनौ, बुद्ध भुमि नेपाल को प्रचार-प्रसार गरौ ।
हरेक बर्ष जसो यस बर्ष पनि २५६० औ बुद्ध जयन्ती को अवसर पारेर २१ मे २०१६ को दिन पोर्चुगल को राजधानी लिस्वनमा बृहत शोभा यात्रा को आयोजना गरिने भएको छ । नेपाली वाणिज्य दुतावास लिस्वन को संयोजनमा हुन लागेको यो शोभा यात्रामा एनआरएनए पोर्चुगल सहित यहाँ क्रियाशील सम्पूर्ण संघ सस्थाहरु सहभागी रहनेछ ।
बुद्ध को जन्मथलो नेपाल र यसका सांस्कृतिक एबम पर्यटकिय महत्व लाई प्रचार-प्रसार गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । बुद्धको जन्मभूमि का बारेमा अनर्गल प्रचार भईरहेका बेला संसार भर छरिएर रहेका नेपालीहरुले यस्तो प्रचार लाई निस्तेज पार्न यस्ता खाले कार्यक्रम गर्नु पर्ने बताउनु हुन्छ लिस्वनका लागि अवैतनिक वाणिज्य दुत मकर बहादुर हमाल l 
शोभा यात्रालाई व्यवस्थित, मर्यादित र भव्यताका साथ् सम्पन्न गर्न विभिन्न तयारीहरु भई रहेका छन् l जस अनुसार बाणिज्यदुत मकर बहादुर हमालको अध्यक्षतामा पोर्चुगल स्थित सम्पूर्ण संघसंस्थाहरुका अध्यक्ष, पत्रकार, ब्यबसायी, बरिष्ठ ब्यक्तित्व, बुद्धिजीवीहरु सम्मिलित मूल समारोह समिती र कार्य विभाजनको लागी विभिन्न उप-समिती हरु समेत गठन गरिएको छ l 
कार्यक्रम ब्यबस्थापन उप-समिती :
संयोजक्: भिम के सि कमल, लक्ष्मी प्रसाद सापकोटा, गोबिन्द पौडेल, डिलाराम चापागाइं, कान्छा शेर्पा, अर्जुन सुनुवार, गणेश याक्खा, रमेश राज बास्तोला, बाबुराम भुसाल, अशोक घिमिरे
पुजा एवम प्रसाद ब्यबस्थापान उप-समिती:
संयोजक्: आङनुरी शेर्पा, सोनाम लामा, राज कुमार गुरुङ, लाल बहादुर पुन, श्री कुमार प्रजापती, पेम्बा शेर्पा
बिदेशी अतिथी ब्यबस्थापन समिती :
संयोजक्: रमेश कुमार गुरुङ, टंक सापकोटा, कुमार श्रेष्ठ, सुर्य हमाल
प्रचार प्रसार उप- समिती
संयोजक्: विनोद घिमिरे, बाबुराम भुसाल, खेमराज रानाभाट, कमल बिस्ट, योगेन्द्र छन्त्याल, गणेश पान्डे, वाइ.बि. गुरुङ, अर्जुन जैसवाल, सुमन वाइवा, पेम्बा गेलु शेर्पा
सांस्कृतिक तथ भेष भुषा उपसमिती :
संयोजक :कान्छा शेर्पा, सोम शेर्पा, जि के शर्मा, दिपक सुबेदी, सिता वराल, हेमराज सुबेदी
२५६० औ बुद्ध जयन्ति को शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवा, आमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा आ-आफनो स्थानबाट सहयोगको अपेक्षा गरिएको छ l सम्भव भए सम्म नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषा मा उपस्थित भई दिनु हुन अनुरोध गरिएको छ ।

२५६०औं बुद्ध जयन्ती कार्यक्रम समय तालिका ।
मिति: २१ मे २०१६ सनिबार।
पुजा अर्चना: १२ बजे देखी ३ बजे सम्म ।
स्थान :Pateo de salema ,4 Sindicato Da Hotelaria do sul
शोभायत्रा शुरु हुने समय : दिनको ३ .३० बजे ।
शोभायात्र सुरु हुने स्थान : Praça da comércio बाट Rua Augusta ,Praça do Rossio ,Praça dos Restauradores, Rua dos Condes ,Rua dos Portas de santo Antão,Largo de S.Domingos हुँदै Praça da Figueira मा बिसर्जन ।
संयोजक - प्रचार प्रसार समिती 
विनोद घिमिरे

No comments:

Post a Comment