Monday 6 June 2016

पोर्चुगलमा आधिकारिक बसोवास गरि पाउँ भनि आबेदन दिनेहरु को प्रत्यक्ष हकका लागि एनआरएन पोर्चुगलले आन्दोलन गर्ने !



६ जुन २०१६ , लिस्बोन - पोर्चुगल सरकारले गत मार्च २१ ,२०१६ गते गरेको आप्रवासी सम्बन्धि नयाँ नियम कार्यान्वयनका लागी ताकेता गरेको छ जस अनुसार सर्भिसेस अफ इस्टेञ्जेइरोस फ़ोरेण्टाइरोस (सेफ)कि नव नियुक्त डाइरेक्टर लुइजा माइया गोन्साल्भेजले उक्त नियम माथि टेकेर गरेको सर्कुलरका कारण गत मार्च देखि पोर्चुगलमा रहेका हजारौ आप्रवासीहरु जो पोर्चुगलमा आधिकारिक बसोवास गरि पाउँ भनि आबेदन दिनेहरु प्रत्यक्ष मारमा परेका  छन् ।

उक्त नियमले बिशेष गरि साउथ एशियन नेपाल ,भारत,बंगलादेस,पाकिस्तान,श्रीलंका, चीन आदि देसका आप्रवासीहरुलाई प्रत्यक्ष असर पारेको छ । गत मार्च भन्दा अगाडि आधिकारिता प्राप्त गरेका व्यक्तिहरु जसको कार्ड आइपुगेको छैन उनीहरुको सम्पूर्ण कानूनी प्रक्रिया समेत पुरा भएको छ जस्तो ,फ़िङ्गर प्रिन्ट र आवश्यक शुल्क लिएकाहरुको समेत पुनः छानबिन गर्नु पर्ने भन्दै अफिसमा (सेफ)बोलाएर शुल्क फिर्ता गरि २० दिन भित्र देस छोड्ने पत्र समेत दिएको घटनाले पोर्चुगलमा आप्रवासी नीतिमा कडाइ भएको महशुस गरेर पोर्चुगलमा आप्रवासीहरुको हक, अधिकार सम्बन्धि कार्यरत संघ संस्थाहरु संग समन्वय गर्दै एनआरएनए पोर्चुगलले आगामी जुलाई ३ तारिक तय गरिएको  बृहत मार्चपास आन्दोलनका लागि प्रत्यक्ष सहभागी जनाउने कुरा एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमलले जानकारी दिएको छ।

पोर्चुगलमा आप्रवासीहरुका हक ,अधिकारका लागि कार्यरत गैह्र सरकारी संघ संस्थाहरु सोलिदरिदादे इमिग्रान्ते  ,एनआरएनए, एसोएस राकिज्मो,ओल्यो भिबो, जिटिओ आदि संस्थाहरु मिलेर पिआइसि (प्लाटफ़ोर्मा इमिग्रासाओ इ सिदादानिया) आदि संस्थाका प्रमुख रहने गरि एक संयुक्त आप्रवासी मंचको गठन गरेको छ जुन मंचले बिभिन्न चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ जस अनुसार आगामी ८ जुनका दिन पोर्चिगिज पार्ल्यामेण्टका सदस्यहरु पीसीपीका संसदीयदलका नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने जुन १९ तारिक (पी ए एन ) बिपक्षीदलका संसदीय नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । 

त्यसै गरि जुन २० तारिक दिनको ३ बजे गृहमन्त्री तथा सम्बन्धित अधिकारीहरुसंग भेट तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको र आगामी जुलाई ३ तारिक आइतवार दिनको २ बजे राजधानीको व्यस्त मार्तिमुनिज (होटेल मुण्डियाल नजिक) सडक प्रदर्शन तथा मार्चपास गर्ने कार्यक्रम रहेको कुरा अध्यक्ष केसीले जानकारी दिए संगै पोर्चुगलमा बसोवास गर्ने नेपाली आप्रवासीहरुलाई गैह्र-आवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट करिव १ हजार मानिसहरु सडकमा उतार्ने प्रतिबद्दता गरेको कुरा बताए।

(पीआइसी)पोर्चुगलमा कार्यरत आप्रवासी संगठनहरुको मंचका तर्फबाट डेलिगेशन तथा ज्ञापन पत्र बुझाउनका लागी भिम केसी कमल,(एनआरएनए ,पोर्चुगल),आनाबेला रुद्रिगोज(जीटीओ),जोआओ सिल्भा(ओल्यो भिबो),जोज फाल्काओ(एसओएस),टिमोटेओ मासेड़ो (सोलिदरिदादे इमिग्रान्ते )र मान्दिना काजिकास्ताउ गरि ६ जनाको टोली चयन गरिएको छ |

यो चरणबद्द आन्दोलनको सुनुवाई भएमा पोर्चुगलमा रहेका हजारौ नेपाली तथा अन्य आप्रवासीहरुलाई राहत मिल्ने छ भने आगामी जुलाई ३ को सडक मार्च पासले आप्रवासीहरुको आवाज र एकता प्रदर्शन गरि पोर्चुगाली सरकारको ध्यानकर्षण गराउनु अति आबश्यक रहेको कुरा अध्यक्ष भिम केसी कमलले बताउदै पोर्चुगलमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिन मार्तिमुनिज सडक मार्च पासमा साह्भागी भै आप्रवासी एकता प्रदर्शन गर्न बिशेष अनुरोध गरेको छ।

आप्रवासीहरुको हक,अधिकार सम्बन्धि एनआरएनए पोर्चुगलले पहिलो पटक पोर्चुगलका उच्चसरकारी अधिकारीहरुसंग प्रत्यक्ष भेटवार्ता तथा अन्तरक्रिया गर्ने भएको छ भने लिस्बनका लागि नेपाली अवैतनिक बाणिज्य दुतको नियुक्ति भएको करिव २ वर्ष पुगी सक्दा पनि पोर्चुगलमा रहेका नेपाली आप्रवासीहरुका सम्बन्धमा सरकारी पक्षबाट कुनै पनि उल्लेख्य पहल नगरेको गुनासो बढ्न थालेको छ ।

Wednesday 25 May 2016

अन्तराष्ट्रिय अवार्ड आरेस्प २०१६ को सृजनसिल व्यवसायी विधामा टंक सापकोटा पुरस्कृत

टंक सापकोटा युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायीमा छनौट 
अन्तराष्ट्रिय अवार्ड आरेस्प २०१६ को सृजनसिल व्यवसायी विधामा टंक सापकोटा ज्यु पुरस्कृत भएर सारा हामी नेपाली हरुलाई गर्विलो महसुस गराएको छ। श्रम र लगन्सीलाताका साथ् निरन्तर काम गरेमा हामी नेपाली हरु पनि कुनै पनि विधामा कम छैनौ भन्ने प्रमाणित टंक सापकोटा ज्युले गर्नु भएको छ। हामी नागरिक समाज पोर्तुगल को तर्फ़ बाट धेरै धेरै बधाई ब्यक्त गर्दछौ।हामीले जितेरै छाड्यौ।हामी हाम्रो एकतालाई बिश्वमाझ फेरी चिनाईदियौ।हामीलाई नेपाली शान र गर्व बोकेर हिड्नुको मज्जै बेग्लै छ र भैरहनेछ,किनकी हामी यसरी जित्छौ र जित्नुमा नेपाली हुनुको अनुभुती र घमण्ड गर्न पाउछौ।
२३ वर्षको अथक लगनसिलता,मेहेनत,इमान्दारिता र सृजनसिल उद्यमघीलताले त्यो नामबाट फेरी सिङ्गो नेपालीहरुले अर्को अन्तरास्ट्रिय अवार्ड पाएका छौ।बिश्वभरीबाट पोर्तुगलमा आएर ब्यबसाय गर्ने ब्यक्तिहरुमध्ये उत्कृष्ट एक Tanka Sapkota लाई बधाई।
अन्तराष्ट्रिय अवार्ड आरेस्प २०१६ को सृजनसिल व्यवसायी विधाको लागि आज उनलाई एक भब्य समारोह बीच बिजयी घोषित गर्दै सम्मान गरिएको छ।

टंक सापकोटा







Tuesday 24 May 2016

पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !

पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !

लिस्बन, गैर-आबासीय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको महजात्रा-२०१६  भब्य रुपमा सम्पन्न भएको छ | एनआरएन पोर्चुगलको प्रमुख आयोजना तथा नेपाली बाणिज्य दुताबास र जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब १००० दर्शकहरुको उपस्थिति रहेको थियो | लिस्बनका लागि अबैतनिक बाणिज्य दूत मकर बहादुर हमाल, आयोजक संस्था एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल र जुन्ता फर्गेसिया दा आरोईसका प्रतिनिधि डा.एरिनाले पानसमा दीप प्रजोलन गरि संयुक्त  रुपमा उद्घाटन गरेको उक्त कार्यक्रम पोर्चुगलमा अहिले सम्म कै उत्कृष्ट, भब्य र यति धेरै दर्शक उर्लिएको पहिलो कार्यक्रम हो |

एनआरएन केन्द्रिय महिला बिभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरि बंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यको संयुक्त प्रस्तुति रहेको  बिशेष  मनोरन्जनात्मक कार्यक्रम महजात्राको आयोजना राजधानी लिस्बनमा एनआरएन पोर्चुगलले गरेको थियो ।


 सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ ।
आयोजक संस्था एनआरएन पोर्चुगलले कार्यक्रमलाई निकै मेहनतका साथ मर्यादित तथा अनुशासित बनाएका थिए | जुन्ता फर्गेसिया दा आरोइस लिडिल आन्जुस नजिकको हलमा आयोजित उक्त कार्यक्रम गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलको अध्यक्षमा सम्पन्न भएको थियो | लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल प्रमुख अतिथि, जुन्ता फर्गेसिया दा आरोइसका प्रतिनिधि डा. एरिना, एनआरएन आइसीसी महिला उप-संयोजक रजनी प्रधान बिशेष अतिथि र आइसिसि सदस्य रमेश कुमार गुरुङ लगायत विभिन्न संघ संस्था र समाजसेबी तथा ब्यबसाहीहरु अतिथिका रुपमा थिए | 

नेपालका राष्ट्रिय कलाकारहरुले भरपुर मनोरंजन दिएको उक्त कार्यक्रममा स्पेन बाट पनि दर्शकहरु आएका थिए| कार्यक्रममा दुवै मिर्गौला फेल भएका सुब्रत रिमालका निम्ति एनआरएन पोर्चुगलको रिमाल बचाउ अभियान अन्तर्गत १२०९ यूरो र २० पाउण्ड सहयोग  पनि संकलन भएको थियो भने कार्यक्रमको अन्त्यमा कलाकारहरु संग फोटो खिच्नेहरुको ओइरो नै लागेको थियो |

Monday 23 May 2016

Happy Birthday Buddha 2560, २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानी लिस्बोन मा शान्ति -याली


 २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानी लिस्बोन मा शान्ति -याली                        
                  Buddha’s Birthday  2560 :Happy Birthday Buddha

                                        २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानीमा शान्ति -याली

SiddharthaGautam Buddha was GOD of Buddhist relegion. Today is Buddha’s Birthday. There has been much debate about Buddha’s birthplace and the truth is Gautam Buddhawas born in Lumbini of Nepal Siddhartha Gautama was born in Kapilvastu Lumbini  under the full moon of May to the clan of the Shakyas, a warrior tribe. His father, Suddhodana, was the ruler of the Sakya people and Siddhartha grew up living the extravagant life of a young prince. His mother name was Mayadevi.

Wednesday 18 May 2016

Yes, Yes, Buddha Was Born in Nepal, Please No More Debate About Buddha’s Birthplace

2016-05-16-1463380153-8305016-Lumbini.jpg
Maya Devi Temple. It is the main temple at Lumbini, a site traditionally considered the birthplace of Gautama Buddha. Photo: Nepal Tourism Board’s Facebook.
We all know that ‘Gautam Buddha’ was born in Nepal. However, there is always debate about Buddha’s birthplace. Gautam Buddha was born in Lumbini, now in modern-day Nepal. He was raised in the Shakya capital of Kapilvastu and obtained his enlightenment in Bodh Gaya, India. This is the fact and truth. Based on this fact and truth, going by its cultural, religious and historical importance, Lumbini was designated a UNESCO World Heritage Site in 1997 as the birthplace of ‘Gautam Buddha’.
UN Educational, Scientific and Cultural Organization (UNESCO) says, the Lord Buddha was born in 623 BC in the sacred area of Lumbini located in the Terai plains of southern Nepal, testified by the inscription on the pillar erected by the Mauryan Emperor Asoka in 249 BC. Lumbini is one of the holiest places of one of the world’s great religions, and its remains contain important evidence about the nature of Buddhist pilgrimage center from as early as the 3rd century BC. However, some people are still trying to twist this fact about ‘Gautam Buddha’.
When somebody writes about the birthplace of Gautam Buddha and says Buddha wasn’t born in Nepal, it’s enough to make Nepali people furious. In 2015, Indian Prime Minister Narendra Modi said that Lord Gautama Buddha was born in India. While addressing Indian community in California he said, “We are from the country where Buddha and Gandhi were born.” Nepalese all around the world opposed that statement. In 2014, Prime Minister Narendra Modi praised the land of Nepal and said Buddha was born in Nepal in his address to Nepal’s parliament. He got a big round of applause at that time. The birthplace of Siddhartha Gautam is a disputed issue as some Indian school textbooks state that Siddhartha Gautam was born in India. However, United Nation is clear about the fact of Buddha’s birthplace.According to United Nations, as the birthplace of the Lord Buddha testified by the inscription on the Ashoka Pillar, the sacred area in Lumbini is one of the holiest and significant places for one of the world’s great religions.
2016-05-16-1463380205-7082079-Lamp.jpg
Peace Lamp in Lumbini. Photo: Nepal Tourism Board’s Facebook.
On the one hand, it has been found that many website contents false claims that Buddha was born in India; on the other hand, Nepalese holds campaigns against this false claim. There is a kind of war. Nepalese all around the world are still posting about the fact of Buddha’s birthplace on Facebook, twitter, and other social medias. They are trying to spread truth against false claims.
Few years back, All the residents of Nepal including all the organization working in favor of society and Nepalese diaspora had also raised the movement for collecting around 1 million signature from each individual to submit to the United Nations for saying that Buddha was born in Nepal. In order to educate the world population and bring the public awareness, a signature campaign under the title: ‘Please Promote: Buddha was born in Nepal and Mt. Everest is in Nepal‘, was initiated by Prem Guragain in 2012. One Million Signatures were collected online as well as offline and were submitted to the United Nations in 2014. Nepalese campaigns against false claims are still on.
This year, Nepal is ready to celebrate the 2560th Buddha Jayanti (the birth anniversary of Lord Buddha) on May 21. The government of Nepal has made preparations for celebrating the Buddha Jayanti in Lumbini on May 21. However, the International Buddhist Conference is being held in Katmandu. The government of Nepal has invited United Nations Secretary-General Ban Ki-moon, Chinese President Xi Jinping, Indian Prime Minister Narendra Modi, and other dignitaries to celebrate 2560th Buddha Jayanti. Nepalese Prime Minister has expressed his belief that the conference with international participation will help remove the confusion and prove that Buddha and the Buddhist philosophy started from Nepal. Nepalese all around the world are about to celebrate 2560th Buddha Jayanti with same believe and hope.
2016-05-16-1463380442-3528837-13179440_1043904635683927_1807034165162950641_n.jpg
Meantime, Nepalese New Yorkers are going to celebrate 2560th Buddha Jayanti in New York on May 21. Himalayan Buddhist community of Nepal in the USA has made preparations for celebrating the Buddha Jayanti in Jackson Heights, New York. Hyolmo Society of America and other several organizations will support this event. This program may help remove the confusion about Gautam Buddha and his birthplace.
May this Buddha Jayanti (the birth anniversary of Lord Buddha) spread the message of peace and happiness around the world! Happy Buddha Jayanti!

Tuesday 17 May 2016

२५६० औ बुद्ध जयन्ती को अवसर पारेर २१ मे २०१६ को दिन पोर्चुगल को राजधानी लिस्वनमा बृहत शोभा यात्रा को आयोजना गरिने भएको छ ।

बुद्ध जयन्ती को शोभा यात्रामा सहभागी बनौ, बुद्ध भुमि नेपाल को प्रचार-प्रसार गरौ ।
हरेक बर्ष जसो यस बर्ष पनि २५६० औ बुद्ध जयन्ती को अवसर पारेर २१ मे २०१६ को दिन पोर्चुगल को राजधानी लिस्वनमा बृहत शोभा यात्रा को आयोजना गरिने भएको छ । नेपाली वाणिज्य दुतावास लिस्वन को संयोजनमा हुन लागेको यो शोभा यात्रामा एनआरएनए पोर्चुगल सहित यहाँ क्रियाशील सम्पूर्ण संघ सस्थाहरु सहभागी रहनेछ ।
बुद्ध को जन्मथलो नेपाल र यसका सांस्कृतिक एबम पर्यटकिय महत्व लाई प्रचार-प्रसार गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । बुद्धको जन्मभूमि का बारेमा अनर्गल प्रचार भईरहेका बेला संसार भर छरिएर रहेका नेपालीहरुले यस्तो प्रचार लाई निस्तेज पार्न यस्ता खाले कार्यक्रम गर्नु पर्ने बताउनु हुन्छ लिस्वनका लागि अवैतनिक वाणिज्य दुत मकर बहादुर हमाल l 
शोभा यात्रालाई व्यवस्थित, मर्यादित र भव्यताका साथ् सम्पन्न गर्न विभिन्न तयारीहरु भई रहेका छन् l जस अनुसार बाणिज्यदुत मकर बहादुर हमालको अध्यक्षतामा पोर्चुगल स्थित सम्पूर्ण संघसंस्थाहरुका अध्यक्ष, पत्रकार, ब्यबसायी, बरिष्ठ ब्यक्तित्व, बुद्धिजीवीहरु सम्मिलित मूल समारोह समिती र कार्य विभाजनको लागी विभिन्न उप-समिती हरु समेत गठन गरिएको छ l 
कार्यक्रम ब्यबस्थापन उप-समिती :
संयोजक्: भिम के सि कमल, लक्ष्मी प्रसाद सापकोटा, गोबिन्द पौडेल, डिलाराम चापागाइं, कान्छा शेर्पा, अर्जुन सुनुवार, गणेश याक्खा, रमेश राज बास्तोला, बाबुराम भुसाल, अशोक घिमिरे
पुजा एवम प्रसाद ब्यबस्थापान उप-समिती:
संयोजक्: आङनुरी शेर्पा, सोनाम लामा, राज कुमार गुरुङ, लाल बहादुर पुन, श्री कुमार प्रजापती, पेम्बा शेर्पा
बिदेशी अतिथी ब्यबस्थापन समिती :
संयोजक्: रमेश कुमार गुरुङ, टंक सापकोटा, कुमार श्रेष्ठ, सुर्य हमाल
प्रचार प्रसार उप- समिती
संयोजक्: विनोद घिमिरे, बाबुराम भुसाल, खेमराज रानाभाट, कमल बिस्ट, योगेन्द्र छन्त्याल, गणेश पान्डे, वाइ.बि. गुरुङ, अर्जुन जैसवाल, सुमन वाइवा, पेम्बा गेलु शेर्पा
सांस्कृतिक तथ भेष भुषा उपसमिती :
संयोजक :कान्छा शेर्पा, सोम शेर्पा, जि के शर्मा, दिपक सुबेदी, सिता वराल, हेमराज सुबेदी
२५६० औ बुद्ध जयन्ति को शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवा, आमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा आ-आफनो स्थानबाट सहयोगको अपेक्षा गरिएको छ l सम्भव भए सम्म नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषा मा उपस्थित भई दिनु हुन अनुरोध गरिएको छ ।

२५६०औं बुद्ध जयन्ती कार्यक्रम समय तालिका ।
मिति: २१ मे २०१६ सनिबार।
पुजा अर्चना: १२ बजे देखी ३ बजे सम्म ।
स्थान :Pateo de salema ,4 Sindicato Da Hotelaria do sul
शोभायत्रा शुरु हुने समय : दिनको ३ .३० बजे ।
शोभायात्र सुरु हुने स्थान : Praça da comércio बाट Rua Augusta ,Praça do Rossio ,Praça dos Restauradores, Rua dos Condes ,Rua dos Portas de santo Antão,Largo de S.Domingos हुँदै Praça da Figueira मा बिसर्जन ।
संयोजक - प्रचार प्रसार समिती 
विनोद घिमिरे

कुन अवसरमा कस्तो साडी ? कसरी छनोट गर्ने ?




महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ । नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो । समय र अवस्थाअनुसार साडीको स्वरूप एवं शैलीमा परिवर्तन हुँदै आएको छ । बार्‍ह हाते लामो साडीदेखि रेडिमेड साडीको शैलीसम्म आइपुग्दा साडीको स्वरूपमा निकै परिवर्तन देखा परेको छ ।
कसरी छनोट गर्ने ? 
–युवतीहरूले साडी लगाउन झन्झट महसुस गर्छन् तसर्थ युवतीहरूका लागि सिफन, जर्जेट, नेटजस्ता फेब्रिकका हलुका साडी उपयुक्त हुन्छन् । 
–युवतीहरूले ब्राइट, पिंक, ग्रीन, एलो आदि क्यान्डी कलर छनोट गर्नुपर्छ । 
–युवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन् । साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ । 
–हेभी वर्क भएको वा प्रिन्टेड साडी लगाउँदा परिपक्व देखिने भएकाले युवतीहरूका लागि त्यति उपयुक्त मानिँदैनन् । 
–हेभी ज्वेलरीको साटो डेलिकेट ज्वेलरी लगाउनुपर्छ । 
कुन अवसरमा कस्तो साडी ?
–ककटेल पार्टीमा जानु छ भने गाउन साडी उपयुक्त हुन्छ । 
–साथीको इंगेजमेन्ट पार्टीमा जानु छ भने सेक्सी लुकका लागि सिफनको साडीका साथमा बस्टियर लगाउनुपर्छ । 
–फर्मल वा कर्पोरेट मिटिङका लागि साडीका साथमा ज्याकेट वा बेल्ट सुहाउँदो हुन्छ । 
शरीर मोटो भएकाहरूका लागि 
–मोटो शरीर भएका महिलाहरूले त्यस्तो साडी छनोट गर्नुपर्छ जसमा मोटोपन लुक्न सक्छ । 
–पारदर्शी साडीबाट जोगिनुपर्छ । 
–सिफन, जर्जेट तथा सिल्कको लाइट वेट साडी लगाउँदा स्लिम देखिन सकिन्छ । 
–धेरै हाइ वा लो नेक ब्लाउजबाट जोगिनुपर्छ, यसबाट अपर बडी हेभी देखिन्छ । ब्लाउजको नेक सात इन्च हुनुपर्छ ।
–साडी नाभीभन्दा धेरै मुनि लगाउनु हुँदैन, साडी थोरै माथि लगाउँदा पेट ठूलो देखिँदैन । 
–स्लिभलेस ब्लाउज लगाउँदा अझ बढी मोटो देखिने हुनाले त्यस्ता पहिरन छनोट गर्नु हुँदैन बरु केप स्लिभ प्रयोग गर्न सकिन्छ । 
–स्टार्च वा मोटो फेब्रिकको साडी लगाउनु हुँदैन । 
–ठूल्ठूला प्रिन्ट्स र हेभी इम्ब्रोइडरीयुक्त साडी पनि उपयुक्त मानिँदैन । 
परिपक्व महिलाले कस्तो साडी लगाउने ? 
–४० वर्षपछि साडी छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । यो उमेरमा धेरै एक्सपेरिमेन्ट गर्नु हुँदैन । –विवाह जस्तो विशेष अवसरमा बनारसी, चँदरीजस्ता एलिगेन्ट साडी लगाउनुपर्छ । 
–फ्लोरल प्रिन्ट, ह्यान्डलुम आदि राम्रो रोजाइ हुनसक्छन् ।
–साधारण ब्लाउज लगाउनुपर्छ । 
–हेभी वा चंकी ज्वेलरीबाट जोगिनुपर्छ । डेलिकेट तथा क्लासी ज्वेलरी लगाउनुपर्छ । 
उचाइ कम छ भने
–उचाइ कम भएका महिलाहरूले सार्प कन्ट्रास्टबाट जोगिनुपर्छ । जस्तै रेडका साथमा ग्रीनको कम्बिनेसनको साटो रेडका साथमा पिंकको कम्बिनेसन उत्तम हुन्छ । टोन अन टोन सेड छनोट गर्दा अग्लो देखिन सकिन्छ, तर कन्ट्रास्ट कलर छनोट गर्दा उचाइ कम देखिन्छ । 
–ठूलो र बोल्ड प्रिन्ट लगाउनु हुँदैन । यसबाट उचाइ कम देखिन्छ । सानो र डेलिकेट प्रिन्ट्स उत्तम हुन्छ । 
–यसैगरी हेभी इम्ब्रोइडरी र मोटो फेब्रिक भएको साडीबाट जोगिनुपर्छ । 
–उचाइ कम छ र मोटाइ बढी छ भने डार्क कलरको साडी लगाउनुपर्छ । 
–चौडा बोर्डर भएको साडी लगाउनु हुँदैन । २–३ इन्चको बोर्डर पर्याप्त हुन्छ । अफिसका लागि
–जर्जेट, सिफन तथा सिल्कका प्रिन्टेड साडी लगाउन सकिन्छ । यस्ता साडीका साथमा पर्ल र डायमन्डको ज्वेलरी क्यारी गर्न सकिन्छ । 
–अफिसमा पिंक, पिच, एक्वा, ओलिभ ग्रीनजस्ता सफ्ट र फ्रेस रंगका साडी लगाउनुपर्छ । 
–अफिसमा धेरै इम्बेलिस्ड साडी लगाउनु ठीक हुँदैन । 
–मिटिङ वा प्रेजेन्टेसनमा साडीका साथमा ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ । 
न्यु साडी ट्रेन्डस्
–रेडी टु वेयर साडी 
–लेहेंगा साडी 
–गाउन साडी 
–धोती साडी 
–साडी विद बेल्ट 
–साडी विद व्याकेट
–साडी विद ट्राउजरयुवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन् । साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ ।

नारी 
रोजिन शाक्य

Mhendomaya FOLK SONG AND DANCE NEPAL


http://nepalesefolkdance.blogspot.pt/

http://nepalesefolkdance.blogspot.pt/



Tamang Mhendomaya Video, Tamar Mhendo tarrr--Direction By Roshan Fyuba Tamang

Mhendomaya
Mhendomaya dance is a dance where male and female dance together forming two separate rows.This dance is famous in Tamang community of Bagmati Zone specially in Nuwakot, Dhaging, Rshuwa district. This dance is celebrate in winter season among youth of Tamang cast.In other word this is one of symbol of friendship with young people.Normally its significance of young boy and girl.in this dance perform in many festivals like as Dashain, Tihar,  Buddhajayanti ,loshar [New year of Tamang community] and Specially in Sindhuri Jtra .Sindhuri jatra is one of famous festival of Nuwakot District

Mhendomaya sunko bhala -By Roshan Fyuba & Shashikala Moktan Film SHYALGAR Mhendomaya FOLK SONG AND DANCE  NEPAL

Buddha’s Birthday 2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

  Buddha’s Birthday  2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

२५५९ औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानीमा शान्ति -याली र नेपालमा गएको महाभूकम्प परि ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्जलन गर्नुको साथै भुकम्प पीडितहरुका लागि राहत संकलन  

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
Nepalesefolkdance.blogspot.com

Saturday 14 May 2016

TIMI NAI HAU By Shyam Shwet Rasaili | Nepali Adhunik/Classical Song | Rema Films



TIMI NAI HAU By Shyam Shwet Rasaili | New Nepali Adhunik/Classical Song 2016/2072 | Rema FilmsWatch the New Modern Video Song "TIMI NAI HAU' by Shyam Shwet Rasaili only on Music Nepal official YouTube channel.
!!!!...Unauthorised downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Right for this video is provided by Rema Films Pvt.Ltd.

TIMI NAI HAU
Singer: Shyam Shwet Rasaili
Lyrics: Kshitij 
Music/Arranger: B.B Anuragi
Model: Miraj Koirala/Seetal Acharya
Director: Gamvir Bista

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

पोर्तुगल को राजधानी लिस्बोन मा २५६० औँ बुद्ध जयन्ती मनाइने

लिस्बोन -   २५६०औँ जन्म दिन राजधानी लिस्बोनमा आगामी मे २१ का दिन मनाइने तयारी भएको कुरा लिस्बोनको लागी नेपाली महाबाणिज्य दूतको कार्यालयले जानकारी दिएको छ l
बाणिज्यदूतको कार्यालयमा सम्पन्न  बैठकले यो वर्ष पनि कन्सुलर कार्यालय को संयोजकत्वमा पोर्तुगलमा रहेका अन्य संघ संस्थाहरु सहयोगी रहने गरि समिति गठन गरिएको छ l

लामा गुरुहरु द्वारा बुद्धको मन्त्र पढेर पुजा गरिने र पुजा पश्चात बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने उद्देश्यले राजधानी लिस्बोनको प्रमुख स्थानहरुमा र् याली सहितको बिशेष झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ  पोर्तुगलमा बसोवास गर्ने  सम्पुर्ण नेपाली समुदायहरुलाई उक्त दिन उपस्थित भै र्याली तथा कार्यक्रममा एकेबद्दता जनाउनको लागी नेपाली कन्सुलर लिस्बोन कार्यालयले बिशेष अनुरोध गरेको छ l

Buddha’s Birthday 2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

  Buddha’s Birthday  2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

२५६०  औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानीमा शान्ति -याली हुने 

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
Nepalesefolkdance.blogspot.com