Saturday 14 May 2016

पोर्तुगल को राजधानी लिस्बोन मा २५६० औँ बुद्ध जयन्ती मनाइने

लिस्बोन -   २५६०औँ जन्म दिन राजधानी लिस्बोनमा आगामी मे २१ का दिन मनाइने तयारी भएको कुरा लिस्बोनको लागी नेपाली महाबाणिज्य दूतको कार्यालयले जानकारी दिएको छ l
बाणिज्यदूतको कार्यालयमा सम्पन्न  बैठकले यो वर्ष पनि कन्सुलर कार्यालय को संयोजकत्वमा पोर्तुगलमा रहेका अन्य संघ संस्थाहरु सहयोगी रहने गरि समिति गठन गरिएको छ l

लामा गुरुहरु द्वारा बुद्धको मन्त्र पढेर पुजा गरिने र पुजा पश्चात बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने उद्देश्यले राजधानी लिस्बोनको प्रमुख स्थानहरुमा र् याली सहितको बिशेष झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ  पोर्तुगलमा बसोवास गर्ने  सम्पुर्ण नेपाली समुदायहरुलाई उक्त दिन उपस्थित भै र्याली तथा कार्यक्रममा एकेबद्दता जनाउनको लागी नेपाली कन्सुलर लिस्बोन कार्यालयले बिशेष अनुरोध गरेको छ l

No comments:

Post a Comment