Thursday 12 May 2016

दौरा सुरुवाल टोपी र चौबन्दी फरिया एकाएक किन राष्ट्रिय पोशाकबाट हटाइयो? अब हाम्रो राष्ट्रिय पोशाक , नेपाली पहिचान के ?'

, 'अब हाम्रो राष्ट्रिय पोशाक नै नरहेपछि  हाम्रो नेपाली  पहिचान के हुन्छ ?'
यसको उत्तर नेपालीहरु खोजिरहेका छन् । विश्वमै अलग्गै  पहिचान भएको हाम्रो शान, मान र प्रतिष्ठाको पोशाक दौरा सुरुवाल टोपी र चौबन्दी फरिया एकाएक किन राष्ट्रिय पोशाकबाट हटाइयो?
यो त विश्वलाई झुकाएर विर पुर्खाहरुले छोडेर गएको विरताको चिनो हो,विर नेपालीको  रगत र पसिना पुछिएको नेपालको यतिहासीक शान,मान र सम्मान हो। विश्वलाई घुँडा टेकाउने विर नेपाली चेलीहरुको इज्जत हो, गुन्यूचोली र फरिया। भादगाउँले टोपी कसैको अगाडी नझुक्ने हिमाल जस्तै अटल हाम्रो स्वाभिमान हो। यो एकै रातमा कसैले चाहेर निकालेको चल्तीको फेसन होइन। 
जुन पहिरनले नेपालको इतिहास र सभ्यता झल्काउँछ, सबै जातजाति भाषा संस्कृतिका सारा नेपालीलाई समेट्दै सबैको साझा प्रतिनिधित्व गरेको छ। त्यसलाई परीवर्तन किन गर्ने? यदि जनताको संविधान हो भने जनताका लागि गरेका सबै परीवर्तनहरुमा  जनताको सुझाव लिनु आवश्यक छैन?
नया संविधानमा सुधार नगरी नहुने कयौं यस्ता विषयहरु छन् तर त्यता नेताहरुको ध्यान किन जाँदैन?यसलाई छिटो समाधान गरी भोलिको दुर्घटनाबाट देशलाई जोगाउन किन दह्रो कदम चाल्न सक्दैन यो सरकार? नयाँ संविधान बनाउने निउँमा किन पटक पटक विवाद नै नभएका मिलेका कुरालाई जबरजस्ति च्यातिन्छ टुक्रयाइन्छ? देशको चिनारी जवर्जस्त किन यसरी मेटाइँदै छ। ‍
के हामी कुनै जात, वर्ग र  क्षेत्र भन्दा पहिला नेपाली होइनौं ? यदी हौं भने राष्ट्रिय पहिचान बिनाको कस्तो जातीय,वर्गीय र क्षेत्रीय पहिचानको परिकल्पना हामी गर्दैछौं ? राष्ट्रिय पोशाक नै नरहँदा विश्व समुदायले नेपाललाई कसरी चिन्ने? राष्ट्रिय पोशाक कुनै साधारण लुगा होइन यो हाम्रो राष्ट्रिय  पहिचान हो ससंस्कार ,सभ्यता र अनुशासन हो।म यतिखेर मेरो राष्ट्रिय पोशाकको प्रतिक्षामा छु, जुन पहिरनमा म गर्वका साथ भन्न सकूँ म एक सच्चा नेपाली हूँ र यही मेरो राष्ट्रिय पोशाक  र  नेपाली पहिचान हो।

मेरो पहिचान अनी अस्तित्व यही मेरो राष्ट्रिय पोशाकमा छ.. म गर्ब गर्छु, भूमिपुत्र हुँ यो देश को.. यहि माटोमा मेरो सुभास छ.. यहि कला र संस्कृतीमा मेरो जीवन छ र म नेपाली हुनुको गर्ब मेरो ढाका टोपी र दौरा सुरुवालमा नै छ.. जसले जे भनोस, जसले जेसुकै सोचोस्, भन्नेहरु पनि छन् -पोशाकमा राष्ट्रियता कहाँ हुन्छ?? मेरो जवाफ छ - मेरो राष्ट्रिय पोशाकमा मेरो पहिचान र अस्तित्व छ............
साथै, म हरेक जनजातीहरुको मौलिक पोशाकको सम्मन गर्छु साथै सबै धर्मको सम्मान गर्छु।।।।।।।।।।

No comments:

Post a Comment