Tuesday 10 May 2016

जनसम्पर्क समिति पोर्चुगलको बनभोज कार्यक्रम सम्पन्न

जनसम्पर्क समिति पोर्चुगलको बनभोज कार्यक्रम सम्पन्न
PHOTO-- NAWARAJ KOIRALA

सुनिल संगम, लिस्बन - नेपाली जनसम्पर्क समिति पोर्चुगलले एक भब्य बनभोज कार्यक्रम आयोजना गरि नबौं साधारण सभा सम्पन्न गरेको छ| विश्व श्रमिक दिवसको दिन पारेर लिस्बन स्थित ओलाइस पार्कमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य  नब आगन्तुकहरुलाई स्वागत तथा नया बर्ष २०७३ को शुभ-कामना आदन-प्रदान रहेको कुरा आयोजक संस्थाले जनाएको छ |
PHOTO-- NAWARAJ KOIRALA

नेपाली जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न उक्त बनभोज कार्यक्रमका प्रमुख अतिथि लिस्बनका लागि अवैतनिक नेपाली बाणिज्यदुत मकर बहादुर हमाल थिए भने अन्य अतिथिहरुमा गैर-आबासीय नपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषदका सदस्य रमेश कुमार गुरुङ, गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल लगायत विभिन्न संघ सस्थाका अध्यक्षहरु र प्रतिष्ठित ब्यबसायी तथा समाजसेबीहरु थिए |
PHOTO-- NAWARAJ KOIRALA

महामन्त्री बिनोद घिमिरे द्वारा संचालित सो कार्यक्रममा उपाध्यक्ष तिलक गैरेले स्वागत मन्तब्य राखेका थिए भने मन्तब्य ब्यक्त गर्नेहरुमा अवैतनिक बाणिज्यदुत मकर बहादुर हमाल, एनआरएन आइसीसी सदस्य  रमेश कुमार गुरुङ, एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल, प्रबासी मंच पोर्चगलका गोबिन्द पौडेल, ब्यबसायी तथा समाजसेबी कुमार श्रेष्ठ, जनसम्पर्क समिति उपाध्यक्ष सुशील गैरे, निबर्तमान उपाध्यक्ष खेमराज रानाभाट, सल्लाहकार राज कुमार गौतम, सल्लाहकार मुक्ति नारायण श्रेष्ठ र सदस्य सुदाम अधिकारी थिए |
PHOTO-- NAWARAJ KOIRALA

स्वादिष्ठ नपाली परिकारहरुको स्वादमा रम्दै डिजे सुर्जे भट्टचनले सुमधुर गीतसंगीतमा मस्तले नचाएका थिए भने नाचगानमा अतिथिहरु, आयोजकहरु र सहभागीहरु निकै अबेर सम्म झुमी रहेका थिए | अन्त्यमा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरि कार्यक्रम बिसर्जन गरेका थिए |
PHOTO-- NAWARAJ KOIRALA

No comments:

Post a Comment