Sunday 11 February 2018

नेपाल मा अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना हुदै

आइतबार काठमाडौँको पर्यटक बोड र्स्थित ‘एभेरेष्ट नेपाल कल्चर ग्रुप’ले पत्रकार सम्मेलन गरि २०७४ साल फाल्गुन १७ देखि फाल्गुन २६ सम्म नवौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
एभेरेष्ट नेपाल कल्चर ग्रुपले नेपाली लोक सस्कृतिक संरक्षण तथा सम्बधन गर्ने उदेश्ले आफ्नो मौलिक लोक सस्कृत झल्कने कार्यक्रम विभिन्न देश विदेशमा गर्दै आएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार , नेपाली लोक सस्कृति आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तराष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गरेको थियो । त्यस पश्यात प्रत्यक २/२ वर्षको अन्तरालमा यो मेला आयोजना गर्दै आएको छ ।

यप पटकको महोत्सव काठमाडौँ , ललितपुर ,गैडाकोट , पोखरा जस्तो पर्यटकीय क्षेत्रमा गर्न लागिएको र यसबाट देशको विविध सकृतिक , पुरातत्विक र अन्य पर्यटकिय र्स्थलको मात्र नभई सम्पुर्ण नेपालकै विश्वसामु प्रचार -प्रसार हुने एभेरेष्ट नेपाल कल्चर ग्रुपले जनाएको छ ।

1 comment: