Friday 27 January 2017

बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।


बर्ष सुन्दरी २०१७ प्रतियोगिता हुँदै।        


नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिदै, सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतिहरुको प्रतिभालाई उजागर गर्नका लागि बर्ष सुन्दरी २०१७ आयोजना हुने भएको छ. यो सुन्दरी प्रतियोगिताको क्षेत्रमा नै फरक सैलीको हुने आयोजक संस्था दाबी छ।  नेपाल बाङ्लादेश तथा ईन्डिया को बिभिन्न शहर हरु बाट बर्ष सुन्दरी चुनिने छ. बिगतका बर्षहरुमा ईन्डियामा मात्रा आयोजना हुने बर्ष सुन्दरी प्रतियोगिता गत बर्षबाट बाङ्लादेश र यो बर्षा बाट नेपालले पनि आयोजना गरिदै छ। प्रतियोगीताको आधिकारिक  पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । भारत तथा बाङ्लादेशको बिभिन्न शहरहरुमा यस प्रेतियोगितताको  ओडिसन तथा सेलेक्सन राउन्ड हुन्छ भने नेपालमा यो बर्ष काठमाडौंमा मात्र ओडिसन तथा सेलेक्सन राउन्ड हुनेछ। सेमीफाइनल तथा फाइनल राउन्ड भने भारत को कोल्कोतामा जुलाई २२ तारिक हुने छ।  आर एस फिल्मस तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाल ओडिसन तथा सेलेक्सन राउन्ड आयोजना गर्दै छ।
सेमीफाइनल तथा फाइनल राउन्ड भने एभरेष्ट नेपाल कल्चरल ग्रुप-नेपाल, आर एस फिल्मस-नेपाल, फ्याब कमुनिकेसन-बाङ्लादेशग, क्रीयटिभ वोर्ल्ड-इन्डिया तथा इन्टरन्यासनल कल्चरल फोरम अमेरिकाको संयुक्त आयोजनामा कोल्कोताको भारतमा हुनेछ।  प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । +२ अध्ययन गर्दै गरेका वा सो सरह भन्दा माथि शैक्षिक योग्यता भएका १७ बर्ष देखी ३० बर्ष सम्मका प्रतियोगी हरुले भागलिन पाउने यस प्रतियोगिताको आबेदन फारम यही फेब्रुवरी १ बाट बितरण गरिने जानकारी एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष श्री रामचन्द्र कोइरालाले जानकारी दिनु भो।

अप्रिल २९-३० मा ओडिसन राउन्ड, काठमाडौंमा 
मे ०७-०९ मा सेलेक्सन राउन्ड, काठमाडौं
जुलाई १३-२१ पूर्ण तयारी सेसन, कोल्कोता भारत
जुलाई २२ शनिबार, सेमिफाइनल तथा फाइनल राउन्ड, कोल्कोता भारत



एभरेष्ट नेपाल कल्चरल ग्रुप 
लाजिम्पाट, ०१४४२१९९

No comments:

Post a Comment