Thursday 15 March 2018

भब्यताका साथ सम्पन नवौं अन्तर्राष्ट्रिय ‘लोक सांस्कृतिक मेला’ ! ११ देशको कला र सस्कृति

भब्यताका साथ सम्पन नवौं अन्तर्राष्ट्रिय ‘लोक सांस्कृतिक मेला’ !  ११ देशको कला र सस्कृति 


काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को आयोजनामा गत फागुन १७ देखि सुरु भएको ‘नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४’ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ ।


‘पर्यटक कलाकारको स्वागत संत्कार ! नेपाली लोक संस्कृतिको आधार’ नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्र्ने मूल उदेश्यले आयोजना गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ का संयोजक आर सि कोइराला (ले बताउनु भयो ।यस पटकको महोत्सव नेपालको बिभिन्न शहरअहरुमा आयोजना भएको थियोस् जस्तै काठमाण्डु, ललितपुर, धादिङ्ग गैंडाकोट र पोखराजस्ता पर्यटकीय क्षेत्रमा नेपाल, इस्टोनिया, कोस्टारिका इन्डोनेसिया, बङगलादेश, भारत, इजरायल, मलेशिय, टर्की, इटली र ग्रिस गरी एघार राष्ट्रका विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिएका थिए ।
उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई लोक नृत्य, संगित, लोक गीत र पदयात्रासमेत गरेका थिए ।ऐतिहासिक तथा विश्वसम्पदा सुचिमा सूचिकृत हनुमानढोकाजस्ता पर्यटकीय दरबार क्षत्रमा कार्यक्रम गर्न पाउदा ११ देशका कलाकारहरु अचम्मित परेका थिए। । यस मेला हरेक दुई–दुई बर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृती आदान–प्रदान गरिसकेको जानकारी कोइरालाले गरए।
स्थापनाकाल देखि नै यस संस्थाले नेपालको सांस्कृतीक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने काम गर्दै आएको छ । नेपालले आफूलाई विश्व समुदायमा प्रस्तुत गर्न थालेको केही दशकमात्र भएपनि यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई समेत टेवा पुरर्याउने रायमाझीले भनाइ छ । यद्यपी, नेपालको यी अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र यस स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको कोइरालाले बताए ।

Sunday 11 February 2018

नेपाल मा अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना हुदै

आइतबार काठमाडौँको पर्यटक बोड र्स्थित ‘एभेरेष्ट नेपाल कल्चर ग्रुप’ले पत्रकार सम्मेलन गरि २०७४ साल फाल्गुन १७ देखि फाल्गुन २६ सम्म नवौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
एभेरेष्ट नेपाल कल्चर ग्रुपले नेपाली लोक सस्कृतिक संरक्षण तथा सम्बधन गर्ने उदेश्ले आफ्नो मौलिक लोक सस्कृत झल्कने कार्यक्रम विभिन्न देश विदेशमा गर्दै आएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार , नेपाली लोक सस्कृति आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तराष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गरेको थियो । त्यस पश्यात प्रत्यक २/२ वर्षको अन्तरालमा यो मेला आयोजना गर्दै आएको छ ।

यप पटकको महोत्सव काठमाडौँ , ललितपुर ,गैडाकोट , पोखरा जस्तो पर्यटकीय क्षेत्रमा गर्न लागिएको र यसबाट देशको विविध सकृतिक , पुरातत्विक र अन्य पर्यटकिय र्स्थलको मात्र नभई सम्पुर्ण नेपालकै विश्वसामु प्रचार -प्रसार हुने एभेरेष्ट नेपाल कल्चर ग्रुपले जनाएको छ ।

Sunday 21 May 2017

New Nepali Song 2017/2074 | Curly Curly - Deepak Limbu | Ft.Mamata & Miraj

New Nepali Modern
MIRAJ KOIRALA
Video Song 2017/2074 "Curly Curly" by Deepak Limbu only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.

Curly Curly
Album – Manjari
Singer – Deepak Limbu
Lyrics – Raju Nepal
Music – Santosh Shrestha
Artists – Mamata & Miraj
Editor – Om Prasai
Camera – Mukesh Humagain
Director – Bikash Ghale Gurung

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Subscribe Music Nepal Channel Directly for unlimited Nepali entertainment
http://goo.gl/vuX6x5
Like us on Facebook
https://www.facebook.com/musicnepalpv...
Follow us on Twitter
https://twitter.com/@musicnepalMN
Circle us on G+
https://plus.google.com/+MusicNepalPv...
  • Category

  • Licence

    • Standard YouTube Licence

Saturday 15 April 2017

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)

लोक गायक चन्द्र शर्माको नयाँ वर्षको कोसेलि ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)
बैशाख २ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत निकै लामो समय यता क्रियासिल चर्चित गायक चन्द्र शर्मा पछिलो समय धेरै श्रोता तथा दर्शकहरुको रोजाइमा परेका छन् । दाङ घर भई हाल काठमान्डौमा बसेर गित संगितमा जमिरहनु भएका शर्माले बजारमा ल्याएका मौलिक गितहरु दर्शकको रोजाइमा परेका हुन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्षसमेत रहनु भएका शर्माको चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, काचो सुरतिलगाएत दर्जनौं गीत चर्चीत मानिन्छन् । उनलाइ अहिले देश विदेशका विभिन्न कार्यक्रमहरुमा भ्याइ नभ्याइ रहेको छ ।

कलाकारलाइ राष्ट्रका गहना मात्रै होइन राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार राख्ने उनले नयां वर्षसंगै सलल वग्यो गण्डकि बोलको लोक दोहोरी गित ल्याएका छन् । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत  नयां वर्षको अवसर पारि बजारमा ल्याइएको उनले जनाए । गीतलाई निकै रोमान्चक ढंगले गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा साथ दिएकी छिन् गायिका टिका पुनले ।

यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय मार्फत दर्शकहरुलाई मख्ख पार्ने काम गरेका छन् ।

शर्माले युटुवमार्फत सार्वजनिक गरेको भिडियोको निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले गरेका हुन् । शर्माले भने ,सबैले नयां वर्षको कोसेलि स्वरुप स्वीकारिदिनुहोला ।’

 ‘सलल वग्यो गण्डकि’(भिडियोसहीत)

Thursday 16 March 2017

एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै

एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै  

काठमाडौं /नेपाली मोडल तथा कलाकार सीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छीन। अभिनयमा पोख्त सीतल एस अगी पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छीन। म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका  एम. ए. रहमान (M. A. Rahman) आफ्नै स्वर रहेको गीतमा सीतलको साथमा स्वम गायक रहमानले अभिनय गरेका छन।  

सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।

आर एस फिल्मस नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्रतिसत नेपालको बिभिन्न स्थानहरुमा र बाँकी १० प्रतिसत बाङ्लादेशमा   छायांकन गरिएको छ । सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियो तथा चलचित्रमा काम गरी सकेकी छिन् । भिडियो छिट्टै दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिएको छ।


face nepal

Tuesday 28 February 2017

अन्तरराष्ट्रिय म्युजिक भिडियो मा आर सि कोइरालाको निर्देशान

अन्तरराष्ट्रिय म्युजिक भिडियो मा  आर सि कोइरालाको निर्देशान

बाङ्लादेशका मसुर गायक तथा मोडेल एच. एम. राणा (HM RaNa) का साथ मोडेल तथा कलाकार सीतल आचार्य पहिलो पटक अन्तररा{ष्ट्रिय म्युजिक भिडियोमा देखिदै छिन्।  एच. एम. राणाको आफ्नै सुमधुर स्वोर भरियको गीतमा म्युजिक डाइरेक्टर तथा कम्पोजर भने बलिउडमा समेत  म्युजिक दिई सकेका एम ए रहमान  (M. A. Rahman) रहेका छन्, रहमानले आशिकी २ जस्ता हिन्दी फ्लिममा आफ्नो साङ्गतिक जादु    देखाइ सकेका छन।

सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने नेपाली चलचित्रमा पनि काम गरी सकेकी आचार्य एक पछी आर्को गर्दै केही दिनमै आर्को बङलादेशी म्युजिक भिडियोमा काम गर्दैछिन, सीतल मोडेल मात्रा नभई एक कुशल कलाकार पनि हुन।   

आर एस फिल्मसले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको सम्पूर्ण शूटिË नेपालको बिभिन्न स्थानहरु (नगरकोट, पोखरा र ठमेल लगाएत) मा खिचिएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गर्नु भएको छ। बिभिन्न म्युजिक भिडियो, फिल्म तथा डकुमेट्रीमा काम गरिसकेका आर सि कोइरालाको अन्तरराष्ट्रिय म्युजिक भिडियो निर्देशन भने यो नै पहिलो रहेको छ ।       

"सपना नि तिमी बिपनी नि तिमी 
तिमीनै जिबन तिमीनै मृत्यु"..........  सार भएको बङाली गीतको ब्यबस्थापनको निर्देशक सम्म रहेका शाउल बाबु (Sheul Babu) को छायाङ्कन रहेको यस् म्युजिक भिडियो दर्शक सामु चाडै आउँदै छ।